इनेपालपत्र , २७२ पटक हेरिएको

लेटाङ, १० फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शान्ति भगवती माविमा लागु औषध तथा ट्राफिक नियमका वारेमा सचेतना मुलक प्रशिक्षण गरिएको छ । ईलाका प्रहरी कार्यालयल लेटाङको आयोजनामा भएको कार्याक्रममा कक्षा ८ र ९मा अध्यय्नरत विद्यार्थीहरुको विचमा कार्यक्रम गरिएको हो ।
कार्यक्रम वडा अध्यक्ष समेत रहनुभएका उक्त विद्यालयका ब्यवस्थाप समितिका अध्यक्ष राम कुमार श्रेष्ठ, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख भिमलाल ओली, शान्ति भगवती माविका सहयाक प्रधानाध्यापक लेखनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।
लागुपदार्थका वारेमा जानकारी नहुदाँ टिनएजका बालवालिका कुलतमा फस्न सक्ने संम्भावना रहेको र लेटाङमा लागुपदार्थ प्रयोगमा बृद्धि भएपछि यसवाट बच्न सचेतनामुलक कार्यक्रम गरिरहेको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख ओलीले जानकारी दिनुभयो ।
लेटाङमा असुरक्षित यात्रा गर्नेहरुको समेत संख्या धेरै रहेको र ट्राफिक नियम उल्लङघन गर्नेहरु समेत धेरै रहेकाले यस प्रति समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले यस वारे विद्यार्थीहरुको माध्यमवाट गाउँ गाउँमा सुचना पुर्याउनका लागि यो कार्यक्रम गरिएको अस्थायि ट्राफिक पोष्ट लेटाङका प्रमुख चन्द्र राज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०२-२२ , समय : १८:५१:५५ , १ वर्ष अगाडि