कमलपुर सामुदायिक बन द्धारा सेनिटरी प्याड वितरण

इनेपालपत्र , ११०  पटक हेरिएको

लेटाङ, ४ फागुन । नेपालकै उत्कृष्ट सामुदायिक बनको रुपमा यस वर्ष नेपाल सरकार वाट पुरस्कृत भएको लेटाङ ३ मा रहेको कमलपूर सामुदायिक बन द्धारा आफ्ना उपभोक्ता घरधुरिका महिलाहरुलाई सेनिटेरी प्याड वितरण गरेको छ । आज बनको आफ्नो प्राङगणमा आयोजित सेनिटरी प्याड वितरण कार्यक्रममा २१८ घर परिवारका महिलाहरुलाई ८ थानका दरले सेनिटरी प्याड वितरण गरेको हो ।
लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य सुरक्षाका वारेमा चर्चा समेत गरिएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्द सागर तिम्सिना, कमलपुर टोल विकास संस्थाका अध्यक्ष किरण राई लगायतको उपस्थिति रहेको थियो ।
उक्त सामुदायिक बनले हाल उपभोक्ताहरुको हितमा विभिन्न कामहरु गरिहेको छ । सडक निर्माण देखि, उपभोक्ताको आर्थिक स्थिति सुधार समेतका काम गरिरहेको छ भने शिक्षा क्षेत्रमा बाल विकास केन्द्र नै स्थापना गरि संचालन गरिरहेको बनका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : १६:२४:१८ , ९ महिना अगाडि