लेटाङ नरगपालिकाको १५ औ नगरसभा सम्पन्न

अभिषेक पौडेल , १६७  पटक हेरिएको

लेटाङ, १५ माघ । लेटाङ नगरपालिकाले आफ्नो १५ औ नगरसभा सम्पन्न गरेको छ । आज नगरपालिकामा पुरक बजेट पारित गर्दै नगरसभा सम्पन्न गरेको हो ।
सभा सुरु गर्नुअघी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले सभाको आचारसहिता प्रस्तुत गर्नुभएको थियो । सभामा नगरप्रमुख भुपेन्द्र कुमार लावतीले आ.ब.२०८०÷०८१ को नीति तथा कार्यक्रम अन्तरगत सम्पन्न भएका क्रियाकलापहरुबारे जानकारी गराउनु भएको थियो । योजना गरिएका बिबिध क्रियाकलापहरु सम्पन्न गर्न आएका ब्यबधानहरु आएको बताउनु भयो । नगरपालिकाको कार्यप्रगति तर्फ सुशासनको क्षेत्रमा केही सुधार भएको बिचार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख लावतीले लेटाङ १ राजारानी देखि कानेपोखरीमा माटो ब्यबस्थापनका क्रममा देखिएको समस्यालाई करको दायरामा ल्याईएको र खबरदारी गर्नेहरुवाट सहयोग रहेको वताउनुभयो । सहिद पार्कका विषमा आएको समस्या अनाबश्यक बिबाद मात्र भएको र संवादले समस्याको समाधान निकाल्न सकिने बताउनुभयो । उहाँको अनुसार सहिद सबैको सझा भएको र नगरपालिकाले आफ्नो योजनामै राखेर कार्य अगाडी बढाउने समेत बताउनुभयो । सहिद पार्क निर्माणका लागि पर्यापर्यटनसङ्ग जोडेर अगाडि बढ्नुपर्ने धारणा सबैको रहेको र आफुहरुले समेत सोही कुरालाई अंगिकार गरिने बताउनुभयो ।
नगरपालिकाले यस सभामा लेटाङमा कृषि थोक बजारको आवश्यवतालाई मध्यनजर गरि योजना अघि बढाईएको र आगामी २ बर्ष भित्रमा काम सम्पन्न गर्ने लक्ष रहेको , हाल सम्म खोला ठेक्काको सम्झौता नभएकोले खोला जन्य पदार्थवाट आउने राजश्व प्राप्त हुन नसकेको कुरा प्रस्तुत गरिएको थियो । स्थानीय तह आन्तरिक संस्थागत स्वमुल्याँकन (लिसा)विगत आव भन्दा १५ अंकले बृद्धि भइ ६८.५ प्राप्त भएको सभामा जानकारी दिईएको छ ।
त्यसै गरी स्थानीय तह वित्तिय जोखिम मुल्याकन (फा)को परिणाम विगतआवभन्दा १८ अंकले बृद्धि भइ ७७ अंक प्राप्त भएको छ । मोरंग जिल्लाका पालीकाहरुमा हाल सम्मको प्रकाशनमा तेश्रो स्थान हो । कामको मुल्याङक राम्रो हुँदै गएपनि सत प्रतिशत पुर्याउन अझै प्रयास गर्नु पर्ने र सुशासन प्रणालीलाई सुधार गर्न वडा स्तर देखि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरवासीलाई दिइने सेवा सुविधा अझ चुस्त दुरुस्त बनाउन नगरपालीकालाई इ डिजिटल पालीका बनाउन सुरु गर्ने साथै खाली दरवन्दिहरुमा करार सेवाबाट जनशक्ति लिने प्रक्रिया सुरु गरिएको,सुविधा सम्पन्न बसपार्क को डिपिआर, भुमीगतपानीको संभाब्यता अध्ययन, सडक गुरुयोजनानिर्माण ,राजारानी आरुवोटे सडकको डिपिआर, मुर्चुगीखोलामा पुलनिर्माण, पर्यटन गुरुयोजना निर्माण, आयश्रोत अतिकमभएका सामुदायिकबनहरुको पहिचान गरी उनीहरुको क्षमता बढाउन अनुदान को ब्यावस्था, बाँकी रहेका वडा ५ र ६ को प्रशासनिकभवननिर्माणको थालनी गरिने, कोल्ड स्टोर को बाँकीकाम पुरा गर्न पुनप्रक्रिया अगाडि बढाईने, अन्तर सास्कृतिक संग्राहलयपहिलो चरणमा कम्पाउण्ड वाल र एयर एम्पि थिएटर यसै आवमा अघि बढाउने ,चिसांङ खोलापुर्व पटिको घाटलाई यसै बर्षदेखि संचालनमा ल्याउने आदि योजना रहेको समेत जानकारी प्रतिवेदनमा उल्लेख छ ।
उपप्रमुख कृष्णकुमारी निरौलाले पुरक बजेट प्रस्तुत गर्दै नेपाली अर्थतन्त्रमा आएको संकुचन, आयात निर्यातको असन्तुलन आदि कारणले राजश्व संकलनमा परेको नकारात्मक असरले नगरपालिकालाई समेत असर गरेको बताउनुभयो । उहाँले संस्थागत सवलीकरणका लागि आवश्यक नीति नियमहरु बनाईनुका साथै जनप्रतिनिधीहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तथा तिनै तहका सरकार, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला पक्षहरुसंग समन्वय, सहकार्य तथा साझेदारीको नीति अपाईने बताउनुभयो ।
कार्यक्रममा नगरसभा सदस्यहरुले नगरका समग्र विषयमा आफ्ना धारणा राखेका थिए । सभा करि ३ घण्टा सम्म चलेको थियो ।

प्रकाशित मिति: २०२४-०१-२९ , समय : २२:३०:०७ , १ वर्ष अगाडि