हाम्रो समाचारदाता , १०४ पटक हेरिएको
लेटाङ, २६ पुस । मातृ बियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी बियोग परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो ।
शुक्रवार बिहान १० बजे स्थानिय चिसाङ घाटमा परम्परा अनुसार अन्त्येष्टि गरिएकाे नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिनुभयो । लिम्बुको १ छोरी र १ छोरा हुनुहुन्छ ।
प्रकाशित मिति: २०२४-०१-१२ , समय : १३:०८:११ , १० महिना अगाडि