८४ परिवार भूमिहिनलाई लालपुर्जा

Enepal Patra Pvt. Ltd. , ६३६  पटक हेरिएको

धादिङ, १७  पुस  । धादिङका ८४ जना भूमिहिनलाई एक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको छ ।

लालुपुर्जा नपाएर हालसम्म निजी घर निर्माण गर्न नपाएका जिल्लाका ८४ घरधुरी मध्ये ३८ घरलाई राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणले ४ आनाका दरले जग्गा किनी दिएको छ । बांकी रहेका ४६ घरधुरी आफैले हकभोग गर्दै आएको ऐलानी जग्गालाई नै लालपुर्जा प्रदान गरिएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामला तथा कानून मन्त्री शालिकराम जमरकटेलले बेनीघाट रोराङ ९ मझिमटारमा भूमिहिन भूकम्प पीडितहरुलाई आवास निर्माण गर्न लालपुर्जा हस्तातरण गर्नुभएको हो । प्राधिकरणका आयोजना प्रमुख जयराम श्रेष्ठका अनुसार लालपुर्जा श्रीमान श्रमतीकै नाममा संयुक्त रुपमा खरिद गरिएको छ । लालपुर्जा पाउनेहरु विपन्न चेपाङ ,दलित र एकल महिलाहरु रहेका छन् । जिल्लामा अझै भूमिहिन भूकम्प पीडितहरु रहेको र नापी शाखामा कर्मचारी अभावमा जग्गाको कित्ता काट गर्ने कार्यमा ढिलाई भएको श्रेष्ठको भनाइ थियो ।

प्रकाशित मिति: २०२०-०१-०२ , समय : ११:३९:४५ , ४ वर्ष अगाडि