ईनेपालपत्र संबाददाता , १६७ पटक हेरिएको
काठमाडौँ, ५ पुस । खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन–२०२३’ मा उहाँले जनसङ्ख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।
“स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ । जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ”, मन्त्री यादवले भन्नुभयो । सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छरु भन्ने विषयमा छलफल गरिरहेको उल्लेख गर्नुभयो । सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने उहाँको भनाइ थियो ।
मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले सङ्घ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य भएमा विकास निर्माणमा प्रभावकारीरुपमा काम हुने बताउनुभयो । सङ्घ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्न नहुने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: २०२३-१२-२१ , समय : १९:०५:१४ , ११ महिना अगाडि