पाँच लाख रुपैया मृत्यु दाबी भुक्तानी

प्रशान्त निराैला , १५०  पटक हेरिएको

लेटाङ, ३ मंसिर । नेशनल लाईफ इन्स्योरेन्सले ५ लाख मृत्यु दाबी भुक्तानी गरेको छ । पथरी शनिश्चरे १ हनुमान चौककी सइस्मा तामाङलाई ५ लाख रकम भुक्तानी गरिएको हो।

सईस्माको संरक्षक आमा पदमा तामाङको निधन भएपछी संकटमा परेको उनको जिवनमा थोरै भएपनी मलम पट्टी भएको छ ।

उनले ५ बर्ष देखि ५ लाखको बिमा वार्षिक ३७४९५ का दरले बुझाउदै आएकी थिईन ।
१० बर्षे अवधिको बिमाको बाँकी सम्पुर्ण रकम समेत छुट गरिएको लेटाङ एजेन्सी प्रमुख पुर्ण लिम्बुले जानकारी दिनुभयो । उनको बिमा अवधि १० बर्ष पूरा भएपछी पुन: १० लाख रुपैया समेत प्रदान गरिने लिम्बुले जानकारी दिनुभयो ।

मृत्यु दाबी भुक्तानीका लागी नेशनल लाईफ इन्स्योरेन्स पथरी शाखा प्रमुख रबिन्द्र लिंदम, अभिकर्ता बिष्णु तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-१९ , समय : ०६:२३:०८ , ७ महिना अगाडि