जनप्रीय मेडिकल खुल्ला

रासस , ३११  पटक हेरिएको

लेटाङ, २० कार्तिक । विनिता मृत्यु प्रकरणमा मुछिएको जनप्रीय मेडिकल हल अन्तगर्तको फार्मेसी आज वाट खुलेको छ । उक्त मेडिकल संचालनका लागि जिल्ला प्रसासन कार्यलय मोरङले सहजिकरण गर्नु भन्ने आशयको पत्र पठाएपछि आज ईलाका प्रहरी कार्यालय लेटाङको रोहवरमा फार्मेसी खुल्ला भएको हो ।

विनिताका परिवारले उक्त मेडिकल संचालकका विरुद्ध मेडिकल काउन्सिलमा उजुरी गरेकाले काउन्सिलको निर्णय आएपछि पाउने सजाय आफु भोग्न तयार भएको मेडिकलका संचालक एपि विश्वासले वताउनुभयो ।
उक्त मेडिकल ५१ दिन सम्म बन्द रहेको थियो । मेडिकलको सटरमा विनिताका आफन्तले ताला लगाएका थिए । प्रहरीले उक्त ताला फोडेर मेडिकल संचालनका लागि खुल्ला गरेको हो । मेडिकल संचालकको गल्ती देखिए मेडिकल काउन्सिलले कारवाहीका लागि सिफारिस गर्छ । सोही बमोजिम आफु कारवाही भोग्न तयार रहेको समेत विश्वास वताउनुहुन्छ ।

यता विनिताका आफन्त भने उक्त मेडिकल हल हाल मुद्धामा रहेकोले खुल्ला हुन नहुने वताउदै आएका छन् ।

प्रकाशित मिति: २०२३-११-०६ , समय : १५:४०:३७ , २ वर्ष अगाडि