लेटाङमा कार्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधि खुवाईने

हाम्रो समाचारदाता , ३८०  पटक हेरिएको

लेटाङ, १६ कार्तिक ।लेटाङ सहित देश भर कार्तिक १७ र १८ गते जुकाको ओैषधि र भिटामिन ‘ए’ खुवाईने भएको छ।
लेटाङका ९ वटै वडाहरुमा जन्मेको ६ महिना देखि ५ बर्षका बालबालिकाहरुलाई भिटामिन ‘ए’र जन्मेको १ बर्ष देखि ५ बर्षका बालबालिकालाई जुकाको ओैषधि खुवाईने स्वास्थ शाखा लेटाङका प्रमुख केशब रिजालले जानकारी दिनुभयो ।
वडामा कार्यरत महिला स्वास्थ्य स्वय सेबिकाद्वारा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाईदैछ ।

१ बर्ष देखि ५ बर्षका बालबालिकालाई जुकाको औषधि र भिटामिन खुवाईन्दैछ भने ६ महिना देखि १ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल मात्र खुवाईनेछ ।

एक वर्ष देखि पाँच वर्ष सम्मका २६९३ जनालाइ जुकाको औषधि तथा ६ महिना देखि पाँच वर्ष सम्मका ३०१८ जना लक्षित जनसंख्यालाइ सवै वडाका ३३ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी यो अभियान सञ्चालन गरिनेछ। यो अभियान बार्षिक रुपमा कार्तिक र बैशाखमा संचालन हुन्छ । ५ बर्ष सम्मका बलबालिकाले प्रत्येक ६ महिनामा यो अभियानमा अनिबार्य सहभागी हुनुपर्ने छ ।
लेटाङको यो अभियानमा टोलटोलमा केन्द्र तोकेर महिला स्वास्थ्य स्वयं सेविकाबाट भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ।।

प्रकाशित मिति: २०२३-११-०२ , समय : २०:२३:२२ , २ वर्ष अगाडि