बजार अनुगमनमा भेटियो म्याद गुज्रिएका बस्तु,चेतावनी दिएर छुट

हाम्रो समाचारदाता , १८६  पटक हेरिएको

लेटाङ, २ कार्तिक । बजार अनुगमनका क्रममा लेटाङका किराना पसलवाट म्याद गज्रिएको सामान फेला परेका छन् । केही दिन देखि निरन्तर अनुगमन गरिरहेको लेटाङ नगरपालिकाले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका बस्तु फेला पारेको हो ।

अधिकांस पसलमा म्याद नाघेका केही खाद्य बस्तु भेटिएपछि नगरपालिकाले नस्ट गरेको छ भने पसल संचालकहरुलाई पुन यस्ता सामाग्री विक्रिका लागि राखिएको फेला परे कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । म्याद गुज्रेका सामानहरुमा खाने मसला, कुरकुरे ईत्यादी छन् ।
नगरपालिका हाल उपभोक्ता हितको विषयमा कडा भएर प्रस्तुत भईरहेको छ भने बजार अनुगमनलाई समेत तिव्रता दिईरहेको छ । कानुनी प्रक्रिया, कालोवजारी, सामाग्रीको म्याद, नापतौलको अवस्थाका वारेमा नगरपालिकाले कडाईका साथ हेरिरहेको छ ।

नगरपालिकाले सबै ब्यवसायलाई अनुगमन गर्ने लेटाङ नगरपालिकाकी उपप्रमुख तथ अनुगमन समितिकी संयोजक कृष्णकुमारी निरौलाले जानकारी दिनुभययो ।

अनुगमन लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यालय, ब्यापार संघ तथा संचारकर्मीहरुको संयुक्त टोलिले गरिरहेका छन ।

प्रकाशित मिति: २०२३-१०-१९ , समय : ०६:२९:५० , १ वर्ष अगाडि