खसि किन्नेको लेटाङमा घुइचो,ब्यवस्थापन गर्नुपर्ने अवस्था

प्रशान्त निराैला , ३११  पटक हेरिएको

लेटाङ, ३० साथ । २०८० सालको बडादशैका लागि शनिवार लेटाङ स्थीत पशुहाटमा घुइचो लाग्यो । सुनसरी, झापा लगायतका ठाँउवाट समेत मानिसहरु दशैका लागि खसि किन्न लेटाङ बजार आएका थिए । वरीपरिका मानिसहरु पनि खसि किन्न लागि पशु वजार आए । सस्तो तथा चरनका जडिबुटि खाएर हुर्केका खसिहरुको माग लेटाङमा प्रसस्तै पाईन्छन भने यसैका लागि मानिसहरु बढिनै मुल्य लगाएर समेत खसि किन्न आउछन् ।
किसानहरु भने खसि किनबेचमा धेरै मोलमोलाई हुने भन्दै दुखेसो गर्दै थिए । स्थानिय तहले किलो सिस्टममा खसि विक्रि गर्ने प्रवन्ध मिलाईदिनुपर्ने उनिहरुको माग छ । कृषि उपज तथा पशुपंक्षि विक्रिका लागि कुनै मापदण्ड नभएकाले खरिद गर्नेको मनोमानी छ भने किसानले ब्यापारीकै मुल्यमा आफ्नो बस्तु विक्रि गर्न बाध्य छन् ।
लेटाङमा लाखौ रुपैयाको लगानीमा पशुबजार निर्माण भएपनि किलोको सिस्टमले खसिबोका विक्रि गर्ने अवस्था छैन ।
शनिवार पशुहाट ब्यस्त थियो नै खसि किन्न लेटाङ आएकाहरुले बसपार्कमा समेत घुईचो लागेको थियो । कोही ३० रुपैयामा कानेपोखरी खसि पुर्यादिन आग्रह गर्दै थिए भने बसका कर्मचारी ५० रुपैया लाग्ने बताउदै थिए । यसका लागि समेत सरकारले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

प्रकाशित मिति: २०२३-१०-१७ , समय : १०:१३:०० , २ वर्ष अगाडि