युद्धको घाउ वोकेकाहरुलाई न्याय माग्दै ध्यानकर्षण

ईनेपालपत्र , ७९९  पटक हेरिएको

लेटाङ, ४ अशोज । बिश्व शान्ति दिवसको अबसरमा मोरङ्गको लेटाङ नगरपालिकामा रहेका सामाजिक संस्थाहरुले आज ध्यानकर्षण पत्र बुझाएका छन् ।

पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन),सामूदायिक विकास मञ्च नेपाल, परिवर्तनशिल महिला समूह लेटाङ, परिवर्तनशिल महिला समुह, महिला मानव अधिकार संजाल लेटाङ ,महिला फेडेरेशन सल्लाकार, ग्रामिण विकास महिला संघ, अन्तरधार्मिक शान्ति सञ्जाल मोरङ, वैदशिक रोजगार वाट फर्किएका महिलाहरूको समूह, पत्रकार महासंघ मोरङ, शिक्षाका लागि राष्ट्रिय अभियान, महिला जागरण समूह लेटाङ लगायतका संस्थाको एक्यवद्धता सहित सामुहिकरुपमा लेटाङका प्रमुख प्रसासकीय अधिकृत नारायण न्यौपानेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

संरचनात्मक विभेद, शोषण र एकात्मक शासन पद्धतिवाट जन्मिएको १० वर्षे शसस्त्र द्वन्द्वको अन्त्य भई ‘दिगो शान्ति निर्माण’ को प्रतिवद्धता सहित विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा गरेकोे तर युद्धको घाउहरु बोकेका व्यक्तिहरुले अहिलेसम्म न्याय पाउन नसकेको संस्थाका प्रतिनिधीहरुले बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवताविरुद्धको अपराध सम्बन्धि घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिका बारेमा सत्यतथ्यको खोज तथा त्यसको छानविन गरी वास्तविक तथ्य बाहिर ल्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन भएपनि अझसम्म पनि सशस्त्र द्वन्द्वका बेला युद्धरत पक्षहरुबाट महिला माथि भएका यौन हिंसा, यातना लगायतका विभिन्न प्रकारका गम्भीर मानव अधिकार उल्लघंनका सवाल सम्बोधन हुन नसकेको उनिहरुको भनाई छ ।

प्रकाशित मिति: २०२३-०९-२१ , समय : १८:५०:१४ , २ वर्ष अगाडि