सप्तरीमा हात्तीबाट लाखौँको क्षति

Enepal Patra Pvt. Ltd. , ४३६  पटक हेरिएको

सप्तरी १५ पुष । सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चारपाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ ।
हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ का भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ । हात्तीले घर भत्काउँदा भरतको रु १० हजार, ललनको रु ७० हजार, सन्तोषको रु १५ हजार, राजेन्द्रको रु २० हजार, अशोकको रु ३० हजार र दिनेशको रु २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीले जनाएको छ ।
यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको रु एक लाख २० हजार बराबरको क्षति गरेको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा रु एक लाख बराबरको क्षति भएको छ ।
सीताराम सदाको घर भत्काउँदा रु एक लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा रु ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा रु २०÷२० हजार बराबरको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १२:१७:१७ , ४ वर्ष अगाडि