सामाजिक एवं धार्मिक सद्भाव कायम राखौ: नेता कोइराला

ईनेपालपत्र समाचारदाता , २३३  पटक हेरिएको

बिराटनगर, ९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिकमुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

डा. कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

“जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिनुभयो ।

जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासकोवातावरण सिर्जना भई सुशासन कायम हुने उहाको भनाइ थियो ।

मोरङ युनियनका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रममा, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे,प्रेस युनियनका उपमहासचिब अभयकुमार राई,नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता,  नेपाल पत्रकार महासङ्घ कोशीप्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेशसुराना लगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गर्नुभयो।

प्रकाशित मिति: २०२३-०८-२६ , समय : २१:३९:५७ , ८ महिना अगाडि