भारतमा बेबारिसे भेटिएका मगरको परिवार भेटियो

परिवार भारत जाने तयारी, भारतमा सहयोगी द्वारा अस्पताल भर्ना

ईनेपालपत्र समाचारदाता , १५१  पटक हेरिएको

लेटाङ, ३ भदौ । लेटाङ २ का अनिल मगर भारतमा बेबारिसे अवस्थामा फेला परेपछी लेटाङ खबरले समचार प्रकाशन गरेको १ घन्टा नबित्दै परिवार सम्पर्कमा आएका छन ।

लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाका अनुसार परिवारले भारतमा सहयोग गर्नेहरु सङ कुराकानी समेत गरिसकेको छ । उहाँका अनुसार हाल भारतमा रहेका सहयोगी साथिहरुले अस्पताल भर्ना गरि उपचार समेत सुरु भएको छ । मगरका आमा बाबा छोराको उपचार गर्न भारत जाने तयारीमा हुनुहुन्छ ।

भारत बाट उद्दारका लागि पहल गर्ने राम कुमार बराल लाई समेत परिवारले धन्यबाद ब्यक्त गरेको छ ।

प्रकाशित मिति: २०२३-०८-२० , समय : ०७:१७:४२ , १ वर्ष अगाडि