एक भावत गिताको पोस्टर सार्वजनिक

दिपेश सार्की (राेका) , २७४  पटक हेरिएको

काठमाडौ , १ भदौ  । अभिनेत्री झरना थापा द्रारा निर्देशित चलचित्र ´ एक भागवत गिताको ` को पोस्टर सार्वजनिक गरिएको छ । यहि भदौ २९ गते गर्ने चलचित्र रिलिज गर्ने मिति पक्का गरेको छ । भर्खरै मात्र केही भाग छायांकन सकिएको कारण भदौ २९ गते रिलिज हुनेनहुने अन्यौलताको बिचमा निर्माण टिमले यहि मितिलाई रिलिज पक्का गरेको छ ।

सार्वजनिक पोष्टरमा चलचित्र मुख्य कलाकारहरुको फिचर रहेको छ । अभिनेता बिपिन कार्की सार्वजनिक चलचित्रको टिजरमा सशक्त देखिएका छन । त्यही क्रममा पोस्टरमा पनि देखिएको छ ।

ट्रान्सजेन्डर वुमनको रुपमा प्रस्तुत विपिनको चरित्र निकै बलियो देखिएको छ । नायक धिरज मगर र नायिका सुहाना थापाको प्रेमभाव पोष्टरमा देखिएको छ । चलचित्र सुनिल थापाको लगानीमा चलचित्र बनेको छ ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : १२:२५:५२ , ८ महिना अगाडि