पुजाको एकसन सहितको फिल्म सुरु भयो दान्भीको सुटिङ

दिपेश राेका , ३१५  पटक हेरिएको

काठमाडौ, ३० साउन। नायिका पुजा शर्माको मुख्य भुमिका रहेको चलचित्र झ दान्भीकोञ क्लाइमेक्सको छायांकन सुरु भएको छ । काठमाडौको नेकपामा चलचित्रको लागि तयार पारिएको सेटमा चलचित्र क्लाइमेक्सको छायांकन सुरुभएको जानकारी चलचित्र निर्माण टिमले दिएको छ ।

चलचित्रको गित र केही दृश्यको छायांकन भैसकेपछि केही समय काम रोकिएको सुटिङको सुरुवात संगै पुजाले एक्सन दृश्य दिइरहनु भएको छ ।

चलचित्रको क्लाइमेक्स छायांकन भैसकेपछी निर्माण टिम बाकी छायांकनको लागि भारतको दार्जीलिङ जाने तयारी गरेको छ । चलचित्रमा कुन्साङ बोमजाम नायकको रूपमा देखिने हुनु भएको छ । उनको यो डेब्यु चलचित्र रहेको छ । चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १४:३१:४१ , ९ महिना अगाडि