कानेपोखरीमा डेङ्गे भाइरस सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो

सङ्क्रमतिको सङ्ख्या बढदै

ईनेपालपत्र समाचारदाता , १८२  पटक हेरिएको

दिपेश सार्की

कानेपोखरी, २४ साउन । मोरङको कानेपोखरी गाउँपालिकामा डेङ्गे भारस सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढदै गएको छ । डेङ्गो भाइरस अहिले धेरै सङ्ख्यामा मोरङ र सुनसरीमस फैलिएको छ ।

कानेपोखरी गाउँपालिकामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिले कानेपोखरी अस्पतालमा डेङ्गो चेक गर्ने मानिसहरुको सङ्ख्या निकै बढदै गएको छ ।डेङ्गो भाइरस मछडको कोटाइको बाट लाग्ने भाइरस हो ।

अहिले कानेपोखरी अस्पतालमा २२६ जनाको डेङ्गो जाँच भएकोमा ५२ जनामा डेङ्गे भारसबाट सङ्क्रमित भएको कानेपोखरी अस्पतालको प्रमुख रोहिन्द्र राज भण्डारीले बताउनु भयो । कानेपोखरी अस्पतालमा दैनिक रुपमा ४० जना जति डेङ्गे भाइरसको जाँच गराउन आउने अस्पताल प्रमुख भण्डारीले बताउनु भयो । कानेपोखरी गाउपालिकाले डेङ्गे भाइरस नियन्त्रणको लागि प्रत्येक वडामा डेङ्गे भाइरस सङ्क्रमित भएको ठाउँमा स्वास्थय परामर्श दिने कार्य गरेको उहाले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : ०६:३४:०४ , १ वर्ष अगाडि