ईनेपालपत्र , २६९ पटक हेरिएको
दिपेश सार्की
उर्लाबारी, २२ साउन । मोरङको उर्लाबारी नगरपालिकामा डेङ्गे भारस फाट्टफुट्ट देखिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ ।अहिले देश भरीनै आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ।
उर्लाबारी नगरपालिकामा अन्य पालिका नगरपालिका उपमहानगरपालिका जस्तो डेङ्गे भाइस नफैलिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ । उर्लाबारी नगरपालिकामा बजार क्षेत्रमा बढी डेङ्गे भाइरस र आँखा पाक्ने रोग फैलिएको छ ।
उर्लाबारी नगरपालिकामा १००० जनामा डेङ्गे भाइरस जाँच गरेको मा ७० जनामा स्थानीयलाई तथा बाहिर बाट आउने २० जना गरि जम्मा ९० जनालाई भाइरस सङ्क्रमीत भएको स्वास्थ सह संयोजक सुरेश खड्काले बताउनु भयो । खोज र नस्ट गर अभियान चलाएर पनि हामिले डेङ्गे भाइरस नियन्त्रणमा लागेको स्वास्थ सह संयोजक खड्काले बताउनु भयो ।डेङ्गे भाइरस नियन्त्रणको लागि प्रत्येक वडा औषधि छर्ने काम भैसकेको पनि उहाले बताउनु भयो । आँखा पाक्ने माहामारीको लागि फैलिएको कारण आधारभुत स्वास्थ केन्द्रमा स्वास्थ शिक्षा परामर्श दिने कार्य गरेको उहाले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०८-०७ , समय : १२:५५:४६ , १ वर्ष अगाडि