ईनेपालपत्र संबाददाता , ३१४ पटक हेरिएको
दिपेश सार्की
मधुम्ल्ला, २२ साउन । मोरङको मिक्लाजुङ नगरपालिका डेङ्गे भारस फाट्टफुट्ट देखिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ ।अहिले देश भरीनै आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ।
मिक्लाजुङ गाउपालिका अन्य पालिका नगरपालिका उपमहानगरपालिका जस्तो डेङ्गे भाइस नफैलिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ । मिक्लाजुङ गाउँपालिकाले डेङ्गे भाइरस जाँच निशुल्क रुपमा गराएको छ।
मिक्लाजुङ अस्पतालमा ९० जनामा डेङ्गे भारस जाँच गराएकोमा ८ जनामा मात्र डेङ्गे भाइरसको सङ्क्रमण भएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य निरीक्षक चिन्तामणी पोख्रेलले बताउनु भयो । डेङ्गे भाइरस नियन्त्रण गर्ने औषधि जिल्ला स्वास्थ कार्य संग समन्वय गरेर ल्याएर प्रत्येक वडामा पठाइसकेको तथा वडा नम्बर ४ र ५ मा पठाउन बाकी रहेको उहाले बताउनु भयो । निशुल्क औषधि आँखा पाक्ने औषधि बितरण गरिएको पनि उहाले बताउनु भयो ।
डेङ्गे भाइरस नियन्त्रणको लागि हामीले मिक्लाजुङमा महामारीको रुपमा डेङ्गे भाइरस भित्री नदिने किसिमले अगाडि देखि नै पुर्व तयारी गरेर बसेको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताउनु भयो । पानी जम्ने खाल्डा खुल्डीहरु छन त्यसमा विशेष गरेर पुर्ने काम तथा किटनाशक औषधिहरु हान्न्ने काम भएको तथा मछड मार्ने किटनासक औसधिहरु प्रत्येक वाड वाडमा पनि पुर्याएको उपाध्यक्ष पौडेलले बताउनु भयो । आँखा पाक्ने समस्स्या बालबालिकामा बढी देखिएको उहाले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०८-०७ , समय : ०५:५१:३४ , १ वर्ष अगाडि