चिसोले कठ्याङ्ग्रिएर रोक्का बिते

Enepal Patra Pvt. Ltd. , ६६३  पटक हेरिएको

उर्लाबारी, १४ पुस । चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारी ४ का ५४ वर्षीय सोमबहादुर रोक्का बितेका छन् । रोक्का आफ्ना भतिजसँग भनाभन भएपछि ३ वर्ष यता एक्लै बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईका अनुसार रोक्कालाई सोमबार उर्लाबारी १ को बक्राहा खोला किनारमा मृत अवस्थामा भेटिएको हो । मदिरा सेवन गरी बेहोस भएका रोक्का खोला किनारमा ढलेपछि उठेर घर सम्म पुग्न नसक्दा ढलेकै ठाउ्रँमा चिसोले कठ्याङग्रिएर मरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: २०१९-१२-३० , समय : १८:००:३३ , ४ वर्ष अगाडि