प्रशान्त निराैला , ६९७ पटक हेरिएको
लेटाङ , २२ असार । लेटाङ कानेपोखरी सडक अन्तरगत फाईरलाईनमा बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालकको घट्नास्थलमै मृत्यु भएको छ भने गम्भीर घाईते अन्दाजी ९ बर्षिय नाम थर खुलिनसकेको एक बालिकाको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको छ । गम्भीर घाईते अन्दाजी ४० बर्षिय महिलाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
मृत्यु हुनेमा कानेपोखरी ६ हनुमान चौकका टेम्पो चालक सागर तामाङ रहेको प्रहरीले बताएको छ भने बालिका र महिलाको नाम ठेगाना प्राप्त भएको छैन ।
लेटाङ आउदै गरेको टेम्फोलाई बोलेरोले ठक्कर दिएर दुर्घटना भएको हो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।
फारलाईनमा आज बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।
प्रकाशित मिति: २०२३-०७-०७ , समय : २२:२०:४५ , १ वर्ष अगाडि