चिसाङ सामुदायिक बन द्धारा ५ सय परिवारलाई सुपानेट झुल वितरण

हाम्रो समाचारदाता , ३०७  पटक हेरिएको

लेटाङ, १५ असार । चिसाङ सामुदायिक बन द्धारा ५ सय परिवारलाई झुल वितरण गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी सामुदायिक बनले आफ्ना सम्पुर्ण उपभोक्ताहरुलाई झुल वितरण गरेको हो ।
लामखुट्टेको टोकाई वाट लाग्ने विभिन्न रोगहरुवाट आफ्ना उपभोक्ताहरुलाई बचाउने उदेश्य राखि झुल वितरण गरिएको उक्त बन समितिका उपाध्यक्ष राममणी वरालले जानकारी दिनुभयो ।
सामुदायिक बनका अध्यक्ष धनबहादुर लिम्बुको संयोजकत्वमा भएको कार्यक्रम सचिव मन्जु खतिवडाले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : १५:३१:३७ , १ वर्ष अगाडि