पत्रकार लुईटेल कोशिको अध्यक्षमा निर्वाचित

ईनेपालपत्र समाचारदाता , १९०  पटक हेरिएको

बिराटनगर, ३ असार । युवा पत्रकार कुमार लुईंटेल संसदिय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न संसदिय पत्रकार मञ्च कोशी प्रदेशको प्रथम साधारण सभा एवं अधिवेशनले लुईंटेललाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । लुईंटेल यस अघि मञ्चको कोशी प्रदेशको सचिव पदको जिम्मेवारीमा थिए ।

लुईंटेल बाह्रखरी अनलाईनको कोशी प्रदेश ब्यूरोको रुपमा कार्यरत छ । अन्नपूर्ण पोष्ट दैनिकको कोशी प्रदेश ब्यूरोको रुपमा लामो समयसम्म काम गरेको लुईंटेलसँग अनुभव छ । संसदिय पत्रकारको लेखनमा लुईंटेलको रुची भएकोले संसदिय पत्रकार मञ्च कोशी प्रदेशको प्रथम साधारण सभा एवं अधिवेशनले लुईंंटेललाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।

उपाध्यक्षमा गोकुल पराजुली र तारा आचार्य, सचिवमा सुमन सुस्केरा, सहसचिवमा विनु तिम्सिना र कोषाध्यक्षमा ध्रुव भट्टराई निरविरोध निर्वाचित भएका छन् । उत्तम पोखरेल, चिना थापा, सुजता लिम्बु, राजु पौडेल र कृष्ण भट्टराई (वहाव) सदस्यमा निरविरोध निर्वाचित भएका छन् । अघिल्लो ५ वर्षसम्म गणेश लम्सालले संसदिय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरे । तर मञ्चको प्रथम साधारण सभा एवं अधिवेशनले मञ्चको कार्यकाल २/२ वर्षमा नेतृत्व परिवर्तन हुने गरी विधान संसोधन गरेको छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले मञ्चको प्रथम साधारण सभा एवं अधिवेशनको उद्घाटन गरेका थिए । संसदिय पत्रकारीतामा दखल राख्ने पत्रकारहरु मञ्चमा आवद्ध छन् ।

 

प्रकाशित मिति: २०२३-०६-१८ , समय : ०८:१२:५८ , १ वर्ष अगाडि