रबिन श्रेष्ठ , ४८७ पटक हेरिएको
लेटाङ, २६ जेठ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद लेटाङको आयोजना र लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा आदिवासी जनजाती संस्कार संस्कृति संरक्षण प्रवर्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
पहिचान, संस्कार,सस्कृति संरक्षण भल्किने आ—आफ्नो व्यानर र आ—आफ्नो पहिचान झल्काउने जातिय झाँकी सहित लेटाङ बजारको परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय अगाडी हुदैँ विपी चौक , मेन रोड वाट कार्यक्रम स्थल बजार सिरान नेपाल तामाङ गुम्बा पुर्व खेरुवा जाने वाटो उत्तर संरक्षण गरिएको क्षेत्रमा भएको कार्यक्रममा १० वटा जातिय संस्थाहरुले आफ्नो सस्कृती तथा पहिचान झल्कने प्रस्तुती गरेका थिए ।
महासंघको छाता भित्र रहि लेटाङ भरी क्रियाशिल रहेका १० वटा आदिबासी जनजाती संस्थाहरुको सहभागितामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती प्रमुख अतिथी रहनुभएको थियो ।
बितिय संकटको बेला थोरै बजेटमा धेरै काम गर्नुपर्ने बाध्यताका बिचमा आदिबासी जनजातिको संस्कृती झल्काउने सास्कृतिक प्रस्तुतिका लागि आफु काम गर्न तत्पर रहेको बताउनुभयो । चुनाबको बेला लिम्बू भाषामा भाषण गर्दै भोट माग्दा केन्द्रीकृत मानसिकता बोकेकाहरुले आपत्ती जनाएको भन्दै खेद ब्यक्त गर्नुभयो । जुन भाषा बाट बोल्दा मानिसले सहज बुझ्छन उक्त भाषा प्रयोग गर्नुलाई सकारात्मक रुपमा लिन आवश्यक रहेको उहाको बिचार थियो ।
अर्को प्रसंग कोट्याउदै मेयर लावतिले कमिसन र भ्रस्टाचारको जरा उखेलेर फाल्ने अभियानमा आफू लागेकोले कर्मचारी र जनप्रतिनिधिले कुनै काम गर्दा अनावश्यक पोइसा मागे आफुलाई खबर गर्नु अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा पुर्ब नगरप्रमुख शंकर राई र वडा न ४ को अध्यक्ष राम कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै राईले आदिबासी जनजातिको हितमा आफू सधै लागिरहने बताउनुभयो । आफू नगर प्रमुख हुँदा समेत आधिबासी जनजातिका हितमा धेरै कार्यक्रम गरेको भन्दै जनजाती आदिबासिहरु अगाडि बड्नका लागि पढाईलेखाईमा समेत अगाडि बड्नुपर्ने बताउनुभयो । उहाँले धेरै जातजाती सुन्दर बगैँचा जस्तै भएकाले सबै जाती धर्मको उत्तिकै महत्व रहेको बताउनुभयो ।
संस्थाका सचिब इन्द्र घले र सदस्य राजु तामाङले सन्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष बुद्धि चाम्लिङको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: २०२३-०६-०९ , समय : २१:१०:१२ , ३ वर्ष अगाडि