सङ्घको स्थापना गर्ने १९ जना संस्थापकलाई सम्मान

hari , ८१४  पटक हेरिएको

सम्मानित संस्थापकहरू

बेलबारी, २० जेठ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङको स्थापना बसेको पहिलो बैठकमा हस्ताक्षर गर्ने १९ जना संस्थापकलाई सङ्घले शनिवार सम्मान गरेको छ ।
उहाँहरूलाई सहकारी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोख्रेल,नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल र पूर्व महासचिव घनश्याम खतिवडाले संयुक्त रुपमा सम्मान गर्नुभयो । मोरङको तत्कालिन लेटाङ गाविसको सभाहलमा २०५१ बैशाख २४ गते पहिलो बैठक आह्वान भएको थियो । सो बैठकमा उपस्थित १९ जना संस्थापकहरूलाई सङ्घको १८ औं अध्यक्ष सचिव गोष्ठीको अवसरमा सम्मान गरिएकाे हो ।
सम्मान प्राप्त गर्नेहरूमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गौतम्,डिल्लीराम सापकोटा,पदमबहादुर थापा,ऋषिराज पौडेल,ताराबहादुर काफ्ले,खगेन्द्र निरौला,खड्गनारायण ढुङ्गाना,पर्शुराम खतिवडा,थीरप्रसाद न्यौपाने हुनुहुन्छ । यसैगरी टेकबहादुर थपलिया,रुद्रप्रसाद घिमिरे,छत्रबहादुर कटुवाल,जयप्रसाद घिमिरे,पारस लुइटेल,मित्रप्रसाद भण्डारी,सीताराम लुइटेल र लक्ष्मीप्रसाद पोख्रेल हुनुहुन्छ ।
थीरप्रसाद न्यौपानेको यस अघि नै मृत्यु भइसकेकोले उहाँलाई मरणोपरान्त सम्मान गरियो । उहाँको सम्मान पत्र उहाँकी धर्मपत्नी उमा न्यौपानेलाई प्रदान गरिएको थियो । हाल बिदेश रहनु भएका पर्शुृराम खतिवडा,खड्गनारायण ढुङ्गाना, डिल्लीराम सापकोटा र मित्रप्रसाद भण्डारी कार्यक्रममा सहभागि हुनु भएन । यस्तै लक्ष्मीप्रसाद पोख्रेल जिल्ला बाहिर रहनु भएकोले कार्यक्रममा उपस्थित हुन सक्नु भएन ।
संस्थापकहरूलाई सम्मान गर्दै नेफ्स्कुन अध्यक्ष परितोष पौड्यालले फेरि पनि मोरङ जिल्ला सङ्घले अनुकरणीय काम गरेर अरु सङ्घलाई बाटो देखाएको बताउनु भयो ।
कार्यक्रम जिल्ला सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : २१:१७:०५ , ११ महिना अगाडि