एन्जलकाे उपचार खर्च जुट्याे

शशांक कोइराला , १८७  पटक हेरिएको

उपचार सहयोग हस्तान्तरण गर्दै अभियानका सदस्यहरू
  • उर्लाबारी , ५जेठ । उपचार गर्ने खर्च नभएर ३ महिनाकी छोरीलाई घर फर्काउनु भएका उर्लाबारी ५ का सुनिता दर्जी र गणेश दर्जीकी छोरी एन्जल दर्जीको उपचारका लागि ८ लाख ३१ हजार ४५९ रुपियाँ ५० पैसा खर्च जुटेको छ ।
    उर्लाबारीका केही उद्यमीहरूले बैशाख २१ गते देखि एन्जल दर्जी बचाउ अभियान सञ्चालन गरेका थिए । अभियानले ‘वाटर क्याम्प’ र साङ्गितिक कार्यक्रम सञ्चालन गरी सङ्कलन भएको पैसा उर्लाबारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रविन लामाको रोहवरमा एन्जलका बुबा गणेशलाई हस्तान्तरण गरिएको छ । शिविर सञ्चालन र साङ्गितिक कार्यक्रम गर्दा भएको खर्च १ लाख २६० रुपियाँ कटाएर बाँकी रहेको रकम ७ लाख ३१ हजार १९९ रुपियाँ ५० पैसा एन्जल बचाओैं अभियानले बुधबार हस्तान्तरण गरेको हो ।
    अत्यन्तै कमजोर आर्थिक अवस्थाका गणेश दर्जीले सहयोगको अपिल गरेपछि एन्जल बचाओैं अभियानले बैशाख २२ देखि वाटर क्याम्प र साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियोे । अभियानका आर्थिक संयोजक सचिन शाक्यले १२ दिने अभियान सञ्चालनका क्रममा सहयोग गरी बालिकाको उपचारमा मल्हम पट्टि लगाउने सबैलाई धन्यवाद दिनुभयो । कुमारी बैंकमा जम्मा भएको उक्त रकम वडाध्यक्ष रविन लामा मार्फत गणेश दर्जीले प्राप्त गरेपछि गणेशले विपन्नका लागि उपचार गर्ने बाटो खुलेको बताउनु भयो । ३ महिने बालिकाको काठमाडौं स्थित डाक्टर उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-२४ , समय : १३:५५:०७ , ११ महिना अगाडि