अभिषेक पौडेल , २६५ पटक हेरिएको

लेटाङ , ७ जेठ । ३ महिने ढाका बुनाई तालिम कार्यक्रम उद्घाटन गरिएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको सस्थाकी अध्यक्ष शान्तिकला राईले जानकारी दिनुभयो ।
कोशी प्रदेश सामजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा महिला जागरण समूह लेटाङले तालिमको आयोजना गरेको हो । २० जना महिलाहरुलाई तालिममा सहभागी गराईएको छ ।
कार्यक्रमलाई लेटाङ नगरपालिका वडा नं. ४ का अध्यक्ष रामकुमार श्रेष्ठ र लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर राईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने संस्थाको प्रशंसा गर्नुभयो ।
नगरपालिकामा सिपमुलक कार्यक्रम ल्याउन आफुहरु गम्भीर बनेर लागिरहेको बताउदै उहाँले बजेटलाई कसरी चुडेर मात्र खाने भन्ने धारणा कसैले राख्न नहुने बताउनुभयो । आर्थिक रुपमा पारदर्शी हुन सके मात्र नगरले गति लिन सक्ने भएकाले नगरभरी रहेका सबै संघ संस्था तथा स्थानिय सरकार समेत पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । देशका ठुला नेताहरु समेत कमिसनको खेलमा लागेको उहाँको आरोप छ ।
कार्यक्रमका विशिष्ट अतिथी राईले ढाका बुन्ने सिपले आत्मनिर्भरको बाटो तर्फ डोहोर्याउने बताउनुभयो । ढाका नेपालीको पहिचान भएकोले यसको छुट्टै महत्व रहेको समेत बताउनुभयो । यसलाई जगेर्ना गर्न सबैको दायित्व रहेको बताउनुभयो । वडा नं. ३ ले समेत यस्ता सिपमुलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो । टोलबिकास संस्था मार्फत छनौट भएर आएका योजनालाई प्राथमिकतामा राखिने समेत उहाँले जानकारी दिनुभयो ।
संस्थाकी सचिब नैनकला ढुंगेलले सन्चालन गर्नुभएको कार्यक्रम लाई अध्यक्ष शान्ति कला राईले समापन गर्नुभयो ।
प्रकाशित मिति: २०२३-०५-२१ , समय : २०:११:१२ , २ वर्ष अगाडि