हाम्रो समाचारदाता , ४३२ पटक हेरिएको
मोरङ, २७ बैशाख। मोरङको बिराटनगर महानगरपालिका १५ ढाटबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो अपरान्ह साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मेची नगरपालिका-१ झापाका २९ बर्षीय आशिष सापकोटालाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ८४ मिलिग्राम ब्राउन सुगर फेला परेसगै पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : १२:०४:३० , ३ वर्ष अगाडि