लेटाङमा दुर्घटनाका घाईते २ जनाको निधन

रबिन श्रेष्ठ , ६०८  पटक हेरिएको

लेटाङ २० बैशाख । चौबिसे बाट लेटाङ आउदै गरेको बोलेरो पिकअप दुर्घट्नाका गम्भीर घाईते २ जनाको निधन भएको छ ।  बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा चालक पथरी शनिश्चरे २ घर भएका करिब ३० बर्षिय मनोज दियाली र गाडिका साहुजी  ७४ बर्षिय लेटाङ ६ का जीवन कुमार श्रेष्ठको निधन भएको अस्पतालले जनाएको छ ।
धनकुटाको चौबीस गाउँपालिका बुधबारे देखि लेटाङ आउदै गरेकाे  प्र. १- ०२-००१३९५३ नं को बाेलेराे पिकअफ अनियन्त्रित भई लेटाङ नगरपालिका वडा न ७ वारंगीमा दुर्घटना भएको थियो । धिरीङ्खा भन्ने ठाउँमा आज अपरान्ह अन्दाजि   ४ बजेको समयमा दुर्घटना भएको एक स्थानीयले जानकारी दिएका छन  । स्थानीयका अनुसार ४ जना सवार  बाेलेराे गाडि सडक भन्दा करिब  १०० मिटर  तल खसेको थियो ।
दुर्घटनामा ४ जना परेका थिए । सो मध्ये गम्भीर घाईते २  जनाको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : २१:०२:१० , ३ वर्ष अगाडि