प्रेरणाका स्रोत डिगबहादुर लिम्बु बने युवा तथा खेलकुदमन्त्री

रबिन श्रेष्ठ , ३३०  पटक हेरिएको

लेटाङ  , २० बैशाख । मोरङ लेटाङ –६  गुवाबारीका स्थायी बासिन्दा डिग बहादुर लिम्बुको शैक्षिक योग्यता स्नातकोत्तर सम्मको छ । पिएचडीका लागि तयारी गरिरहेका लिम्बू एमफिल अध्यनरत छन । बुबा प्रेमबहादुर लिम्बु र आमा हंसनुमा लिम्बुको कोखबाट उनको जन्म वि.सं. २०२० भदौ २२ गते तत्कालिन सिंहदेबी गाबिसको ऐसेलु भन्ने ठाउँमा भएको थियो ।

युवाहरुलका प्रेरणाका श्रोत लिम्बुलाई मोरङ क्षेत्र नं. १ का जनताले आफ्नो भरोसा सम्झिन्छन । युवातथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गरे संगै देशमा खेलकुदले फड्को मार्ने अपेक्षा गरिएको छ ।

लिम्बु २०३९ सालदेखि शिक्षण पेसामा लागेका थिए । उनी त्यसबेला शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएको भए पनि लिम्बुले २०४९ सालदेखि शिक्षकको स्थायी जागिर छाडेर राजनीतिमा पूर्णकालीन भएका हुन् । सैद्धान्तिक विषयमा बहस गर्न रुचाउने लिम्बु सादगी र स्वच्छ छविका नेता मानिन्छन् । मोरङ काँग्रेसको सभापतिसमेत रहेका उनको यो कार्यकाल दोस्रो हो ।

राष्ट्रपतिबाट आजै युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका लिम्बुको भोलि शपथग्रहण हुने कार्यक्रम छ ।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : २०:०९:१४ , १ वर्ष अगाडि