नाेवेलकाे स्वास्थ्य शिविरमा ९६२ जना लाभान्वित

enepalpatra , २१३  पटक हेरिएको

विरामीकाे स्वास्थ्य परिक्षण गर्दै चिकित्सकहरू

ताप्लेजुङ , १५ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेलले सिरीजंगा गाउँपालिकासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९६२ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिएको छ ।

विराटनगरदेखि पूर्वी पहाडी जिल्लाको दुर्गम पालिकामा पुगेर स्वास्थ्य सेवा दिँदा सो क्षेत्रका जनता नोबेल प्रति अनुग्रहित बनेका थिए । स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका जनता बढी लाभान्वित भएका थिए ।

प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा दरिएको नोबेलले गाउँगाउँमा स्वास्थ्य शिविर पठाएर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताउनु भयाे । जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताउँदै उहाँले समाजसेवी समेत रहेका प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको स्वास्थ्य सेवाको अभियानलाई सार्थकता प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी भइरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : १९:१९:४२ , १ वर्ष अगाडि