राष्ट्रिय युवा सङ्घ कानेपोखरीमा अनील

enepalpatra , २८८  पटक हेरिएको

दिपेश रोक्का
कानेपोखरी १३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कानेपोखरीको अध्यक्षमा अनील परियार चयन हुनु भएको छ । शनिवार कानेपोखरी –६ स्थित रमाइलो जनएकता साकोसको भवनमा भएको बृहत भेला तथा पुनर्गठन कार्यक्रमले परियारलाई अध्यक्षको जिम्मेबारी दिएको हो ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा सबिन बस्नेत , सचिवमा खिलराज भट्टराई , सहसचिवमा सुजन ऋषिदेव, भरत थापा र कोषाध्यक्षमा नवीन श्रेष्ठ चयन हुनु भएको छ । कार्य समिति २५ सदस्यीय बनाइएको छ ।
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य एवम् कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजकुमारी इङ्नामले कार्यक्रमको उद्घाटन गर्दै पार्टी सङ्गठनलाई जिवन्त राख्न युवा र विद्यार्थीको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । युवा देशको शक्ति हो , कानेपखरी गाउँपालिकाका युवाको निम्ति विभिन्न सिपमुलक तालिम ब्यवस्थापन गर्ने सञ्चालन गर्ने र युवा हरु लाई हौसला प्रदान गर्ने कानेपोखरी गाउँपालिका का अध्यक्ष राजमती इङनामले बताउनु भयो । कार्यक्रम युवा लक्षित र पुनर्गठन भएको राष्ट्रिय युवा संघ कानेपोखरीका निवर्तमान अध्यक्ष अशोक फुयलले बताउनु भयो ।कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य दानबहादुर बस्नेत, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी,वडा नं.५ का वडाध्यक्ष चरण गुरुङ, २ का वडाध्यक्ष सुशील बुढाथोकी युवा संघका पूर्व जिल्ला अध्यक्ष नवीन पौडेल लगायतले बोल्नु भएको थियो । प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०८:०२:४९ , १ वर्ष अगाडि