शान्ति भगवती माविमा छात्रावास निर्माण सुरु

हाम्रो समाचारदाता , २४९  पटक हेरिएको

लेटाङ, ४ माघ । शान्ति भगवती माविमा छात्रावास भवन निर्माण शिलान्यास सम्पन्न भएको छ । लेटाङ नगरपालिका वडा नं. ४ मा रहेको भवनको संघिय सांसद डिगवहादुर लिम्बुले उक्त भवनको सिलन्यास गर्नुभएको हो । ४५० मिटर स्क्वाएर फिटमा पहिलो तल्लाको निर्माण गर्ने गरि आज सिलन्यास भएको हो । ११२ जना विद्यार्थी बस्न मिल्ने गरि ५६ बेडको आधुनिक छात्रावास बन्न लागेको हो ।

४ करोड ९८ लाखको कुल लागत स्टिमेट रहेको उक्त भवनको हाल पहिलो तल्ला निर्माणका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । १ करोड ९० लाखको स्टिमेट रहेको पहिलो तलाको १०.७६ प्रतिशत कममा टेन्डर प्राप्त गरि शशिधर÷काविल जेभि पथरी शनिश्चरेले १ करोड७२ लाख ९२ हजारमा निर्माणका जिम्मा लिएको छ । २०८१ असार १५ गते सम्पन्न गर्ने गरि सम्झौता गरिएको उक्त भवनमा लागत स्टिमेट अनुसारको वजेट थपका लागि मन्त्रालयमा फाईल पठाईसकिएको नगरप्रमुख भुपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।

सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी सासद डिगवहादुर लिम्बुले शैक्षिक बिकासका निम्ति सबै जुटेर अगाडी बढ्नुपर्ने वताउनुभयो । शान्ती भगवती माबिको बर्तमान अवस्था सवै एकजुट हुनुको उपज रहेको बताउदै दुर दराजका विद्यार्थीलाई छात्रावासले राहत मिल्ने वताउनुभयो । लेटाङको सम्पतीको रुपमा रहेको लेटाङ क्याम्पस समेत शान्ति भगवती माविको सक्रियतामा स्थापना भएको बताउदै उहाँले लेटाङमका स्नातकोत्तर क्याम्पसको समेत आवश्यकता औल्याउनुभयो । छात्राबास निर्माणमा ब्यबसायिले कुनै कमजोरी नगरी समयमै निर्माण सम्पन्न गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नगरप्रमुख भुपेन्द्र लावतीले नगरकै गौरबको योजना छात्राबास रहेको वताउनुभयो । पालिकाभित्र दुरदराजमा पढ्न समस्या भएका बिद्यार्थीहरुको लागि छात्रवास निर्माण गरिएको र छात्रावास योजना सुरुवात गर्ने लेटाङ नगरपालिकाकाको पुर्व मेयर शंकर राई सहितको टिम धन्यवादको पात्र रहेको भन्दै प्रसंसा गर्नुभयो । अध्ययनका लागि टाढा टाढा वाट आएर लेटाङमा अध्ययन गर्नेहरुलाई छात्रवासको ब्यवस्था हुने उहाँले वताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, वडा अध्यक्षहरु तेजप्रसाद तिम्सिना, डम्बर राई,रामकुमार श्रेष्ठ , विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराज चाम्लिङ, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेका थियो ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १२:२७:३८ , १ वर्ष अगाडि