श्रेष्ठ र लुईटेल प्रदेश सभापतिमा भिड्ने

ईनेपालपत्र समाचारदाता , २२७  पटक हेरिएको

 

बिराटनगर ३ माघ । आसन्न नेपाल प्रेस युनियन प्रदेश अधिबेशनमा सभापतिका लागि मीनकुमार नवोदित श्रेष्ठ र कुमार लुईंटेलले दावेदारी प्रस्तुत गरेका छन् । यूनियनको माघ १३ र १४ गते विराटनगरमा प्रदेश अधिवेशन हुँदैछन् ।

विराटनगरका नवोदित र लुईंटेलले मोरङ जिल्लाबाट यूनियनको १ नं. प्रदेश अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका हुन । नवोदितले केहीदिन अगाडि नै विराटनगरमा यूनियनका पदाधिकारी र सदस्यहरु संग छलफल गरेर उम्मेदवारी घोषणा गरेका थिए ।

लुईंटेलले सोमबार विराटनगरमा यूनियनका पदाधिकारी र सदस्यहरु संग छलफल गरेर उम्मेदवारी घोषणा गरे । नवोदित र लुईंटेल दुवै प्रेस यूनियन मोरङको अध्यक्ष पदको जिम्मेवारी पुरा गरिसकेका छन् ।

नवोदित विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाका प्रेस संयोजक र मकालु टेलिभिजनका सम्पादक हुनुहुन्छ । लुईंटेल लामो समय अन्नपूर्ण पोष्ट दैनिकको १ नं. प्रदेश ब्यूरोको रुपमा काम गरिसकेका छन् । र उहाँ हाल बाह्रखरी अनलाइनमा आबद्ध हुनुहुन्छ ।

प्रदेश अधिवेशनमा २ सय ७८ जना प्रतिनिधिको सहभागिता रहने छन् । अधिवेशबाट २९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

 

प्रकाशित मिति: २०२३-०१-१७ , समय : ००:११:३५ , १ वर्ष अगाडि