ईनेपालपत्र समाचारदाता , ६२१ पटक हेरिएको
पथरीशनिश्चरे, पुस २४ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले तालिम पश्चात् जो कोही व्यवसायिक रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आज पथरीशनिश्चरे वडा नं. ६ मा लघु उद्यम विकास शाखाको आयोजनामा भएको उद्यमशीलता विकास तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि तुम्वापाले सो कुरा उद्घोष गर्नुभएको हो ।
‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ भन्ने मूल नाराका साथ तालिम पुस १७ गतेदेखि २४ गतेसम्म संचालन भएको हो ।
कार्यक्रममा सुमित्रा सुनामले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी राजेशप्रसाद गुप्ता, सावित्रा ढकाल, लघु उद्यम विकास शाखा संयोजक सपना कार्कीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्षता वडा सदस्य शान्ता थापा र अतिथिहरु वडा सदस्य उज्वला बयलकोटी लगायत रहनुभएको थियो । ८ दिनसम्म सञ्चालन भएको सो तालिममा वडाका ४१ जनाले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: २०२३-०१-०८ , समय : १७:३८:०६ , ३ वर्ष अगाडि