प्रदेश १ : एमाले संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन

हाम्रो समाचारदाता , ३५०  पटक हेरिएको

विराटनगर, १० पुष । प्रदेश १ को सबैभन्दा ठुलो दल नेकपा एमालेले हिक्मत कार्कीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ गरी ४० संसद जितेको एमालेले आइतबार संसदीय दलको नेता चयन गर्न संसदहरुको बैठक बोलाएको थियोे ।

दोस्रोपटक झापा ५९१० बाट निर्वाचित भएका कार्की प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना आवश्यक पर्छ । प्रदेशमा एउटै दलसँग स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था छ ।

निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएको सत्ता गठबन्धनको ४६ संसद छन् । एमाले र राप्रपा मिल्दा पनि ४६ संसद पुग्छन् । समानुपातिकबाट एक सिट पाएको जनता समाजवादी पार्टी ९जसपा० प्रदेशमा सरकार गठनका लागि निर्णायक बनेको छ । प्रदेशमा जसपाले जता समर्थन गर्छ त्यही गठबन्धनको सरकार बन्छ ।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : १५:१५:२२ , ३ वर्ष अगाडि