ईनेपालपत्र समाचारदाता , ३९४ पटक हेरिएको
इटहरी ३ पुस । इटहरी उपमहानगरपालिकाले आगामी बैशाख देखि थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।आगामी बैशाखदेखि लागू हुनेगरी उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको हो ।
शुक्रबार बसेको कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।
इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि पनि थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।
प्रकाशित मिति: २०२२-१२-१८ , समय : १५:४७:२४ , ३ वर्ष अगाडि