ईनेपालपत्र समाचारदाता , ४२१ पटक हेरिएको
पथरीशनिश्चरे, २७ मंसिर । मोरङको पथरीशनिश्चरे–६ मा अवस्थित बुद्ध मार्गको पथरी खोलामा पुल निर्माणको लागि सिलान्यास गरिएको छ ।
सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पुलको सिलान्यास गर्नुभएको हो । रायमाझी खुश्बु लुम्बिनी जेभीले निर्माण गर्ने सो पुलको लम्बाई ४० मिटर र चौडाई ८.४० मिटर रहनेछ ।
यसैगरी सो पुलको प्रकार पि एस सी टि स्ट्रस ब्रिड्ज रहनेछ भने पुलको जग पाएल फाउनडेशन रहनेछ । सो पुलको ठेक्का सम्झौता रकम भ्याट सहित ४,७६,४४,११९.९७ रहेको छ ।
सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. ६ का वडा अध्यक्ष कृष्णकुमार बस्नेत, नगरका कर्मचारीहरु र निर्माण कम्पनीको प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२२-१२-१३ , समय : १७:२१:२४ , ३ वर्ष अगाडि