सहकार्य गरेर अघि वढ्छु: डिगवहादुर लिम्बू

इनेपालपत्र , २४७  पटक हेरिएको

केराबारी ,११ मंसिर । मोरङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा विजयी बनेका बाम गठबन्धनका उमेद्धार डिगवहादुर लिम्बूले विकासमा सधै सहकार्य गरेर अघि वढ्ने बताएका छन् ।

शनिबार निर्वाचनको मत परिणाम सार्वजनिक भए लगतै आइतबार देखि धन्यबाद ज्ञापन र्यालीमा निस्केका लिम्बूले आइतबार साझँ केराबारी चोकमा विजय सभामा बोल्दै आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि हार जित भएका सबैसंग सहकार्य गरेर मात्र अघि वढ्ने बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद व्यक्त गर्दै आफ्ना दुइ सारथीहरु थोरै मतले पराजित भएपनि यसक्षेत्रका जनताहरु माझ उहाहरु बिजयी बनेको भन्दै ५ दलिय गठबन्धनसंगै सहकार्य गरेर क्षेत्र विकासमा लाग्छु लिम्बूले भन्नुभयो । सरकार गठनको लागि दलहरु कसरतमा रहेका छन् । आफ्नो निर्वाचन क्षेत्रको विकास र जनताको सेवाका लागि सधै आफू यही क्षेत्रमा क्रियाशिल हुने उहाले बताउनुभयो ।

विजय सभामा उपस्थित भएका बाम गठबन्धनबाट मोरङ १ (क) मा पराजित बनेका नेकपा माओवादीका कुल प्रसाद साम्बाले पनि आफूले हारे पनि जनताको अभिमतलाई सधै सम्मान गर्दै यस क्षेत्रको विकासका लागि पछि नहट्ने बताए । निर्वाचनको हार प्राविधिक विषय हो । तर आफ्नो क्षेत्रको विकास र जनताको सुःख दुःखमा सधै नजिक रहेर यही क्षेत्रमा सक्रिय पूर्वक काम गर्छु हार र जितले कुनै फरक पर्दैन लिम्बूले भने ।

कार्यक्रमा मोरंग १ को प्रदेश सभा (ख) बाट उमेद्धार भई पराजित भएका सूचना संञ्चार तथा यातायात व्यवस्था मन्त्री उपेन्द्र घिमिरेले चुनावको हारबाट आफूहरु विचलित नहुने बताएका छन् । आफू गठबन्धनबाट साझा उमेद्धारका रुपमा निर्वाचनमा होमिएपनि केही साथीहरुले पछाडी बाट छुरी हान्ने काम गरेका कारण आफूले पराजय भोगेपनि यस क्षेत्रको जनता र विकासका लागि सहकार्य गर्दै अघि वढ्ने बताएका छन् ।

पछाडी बाट छुरी धस्ने कामले व्यक्तिलाई भन्दा पनि समग्र पार्टी संगठन र गठबन्धन सहित चुनावी मोर्चामा हिडेका शुभचिन्तक समर्थक कार्यकर्ताको भावनामा चोट पुगेको बताउदै यस्ता प्रवृतिले नराम्रो संस्कार बस्ने बताए ।

प्रकाशित मिति: २०२२-११-२७ , समय : २०:११:३४ , १ वर्ष अगाडि