डाक्टर शर्माको चुनाबी अभियानमा सबैभन्दा अघि राजेन्द्र

enepalpatra , ४१८  पटक हेरिएको

बेलबारी/ नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पानी वारावार जस्तै भए पनि पार्टीले डाक्टर सुनील शर्मालाई मोरङ ३ मा प्रतिनिधिसभाको उम्मेद्वार बनाएर पठाएपछि राजेन्द्र ढकाल डाक्टर शर्मालाई जिताउने अभिायानमा सक्रिय भएर लागेका छन् ।
डाक्टर शर्माको बिरोधी भनेर चिनिएका ढकालले भने – पार्टीको आन्तरिक राजनीति पार्टी भित्रै सिमित हुन्छ । अहिले हामी एकापसमा लडेर होइन ,संगठित भएर प्रतिपक्षीलाई पराजित गर्ने हो । उनले भने – युवा साथीहरूलाई संयुक्त लोकतात्तिक वाम गठबन्धनका उम्मेद्वार जिताउने अभियानमा सहजीकरण गरिरहेको छु । डाक्टर शर्माको निर्वाचन अभियानको मोर्चामा सबैभन्दा अघि देखिने ढकाल गठबधनको उम्मेद्वार जित नै कांग्रेसको जित भएको बताउँछन् । निर्वाचन क्षेत्र नं. ३ का २६ वटै वडामा अहोरात्र खटिरहेका ढकालले कांग्रेस जित नजिक रहेको बताए । एमाले उमेद्वारसँग मतदाता सँग पुग्ने एजेण्डा छेन् । उनले थपे – स्वास्थ्य मन्त्री भएर पनि स्वास्थ्य क्षेत्रमा मोरङ ३ मा भएका पूर्वाञ्चल विश्व विद्यालय र सुवर्ण फर्मासिटिकल्सलाई सञ्चालन गर्न नसक्ने नेतासँग अब मोरङ ३ का जनताको कुनै अपेक्षा छैन ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १२:२८:४६ , १ वर्ष अगाडि