एक ढिक्का भएर गठबन्धनलाई जिताउन ढकाल र श्रेष्ठकोआग्रह

enepalpatra , २६९  पटक हेरिएको

विराटचौक, कात्तिक २५ । नेपाली कांग्रेस मोरङका पूर्व सह सचिव एवं सुन्दरहरैचा नगरपालिकाका पहिलो नगरप्रमुख शिवप्रसाद ढकालले मोरङ ३ मा पार्टी भित्र कुनै आन्तरिक गुटबन्दी नरहेको बताएका छन् । उनले आफ्नै निवास विराटचौकमा पत्रकारहरूसँग भने – हाम्रो अर्जुनदृष्टि मङ्सिर ४ को निर्वाचन संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउने हो । ढकालले कांग्रेस हारे मुलुकको लोकतान्त्रिक संविधान संकटमा पर्ने बताउँदै भने– दलगत चुनाबमा उम्मेद्वार गौण कुरा हो । हामीले पार्टीको निर्देशन मान्ने हो । पार्टी भित्र १४ औं महाधिवेशन ताका केही समस्या थियो । त्यही समस्यालाई बोकेर सधैं हिड्ने हो भने जित कहिल्यै निस्क्दिैन । उनले अबको अन्तिम सर्त गठबन्धनका उमेद्वारलाई जिताउने भएको बताए ।सोही अवसरमा मोरङ कांग्रेसका सचिव ललितबहादुर श्रेष्ठले महाधिवेशनको समयमा को कता थियो । त्यो विषय खोज्ने समय नभएको बताए । श्रेष्ठले केपी ओलीकोे उग्र राष्ट्रवादले मुलुक ठूलो राजनैतिक संकट तर्फ गएको बताउँदै सन्तुलित परराष्ट्र नीति र संविधानको रक्षाका लागि कांग्रेस गठबन्धनको विकल्प छैन,त्यसैले हिजोका तिता मीठा कुरा बिर्सेर मोरङ ३ का तीनै जना उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे । श्रेष्ठले थपे– हाम्रा तीनै जना उमेद्वारलाई जिताएर पछि पार्टी भित्रको आन्तरिक समस्या भित्र छलफल गर्न सकिन्छ । अहिले कांग्रेसलाई जिताएर मङ्सिर ४ को महासंग्रामलाई सफल बनाउँ ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : ०८:१७:३७ , १ वर्ष अगाडि