प्रभाबशाली नेताहरु धमाधम एमाले छाड्दै

ईनेपालपत्र , २४६  पटक हेरिएको

पथरी ,२३ अशोज मोरङको क्षेत्र नम्वर ३ मा नेकपा एमालेमा प्रभावशाली नेताका रुपमा रहेको पथरीका रामकुमार बस्नेतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपा एमालेको प्रदेश कमिटी सचिवालय सदस्य रहेका थापा सहित अन्य ४ जनाले पार्टी परित्याग गरेको हस्तलिखीत विज्ञप्ती सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले सार्वजनिक गरेका छन् ।
मोरङ ३ मा नेकपा एमालेले विभादित छवि भएका हरुलाई सघ र प्रदेश सभाको उम्मेदवार बनाउने निणर्य गरेसगै पार्टीको निणर्यप्रति असन्तुष्टि पोख्दै आएका बस्नेत सहितको टिमले पार्टी परित्यागको घोषणा गरेको हो ।
पार्टी परित्याग गर्नेहरुमा प्रदेश १ कमिटी सचिवालय सदस्य राम कुमार बस्नेत, प्रदेश कमिटी सदस्य प्रताप कुमार थापा, मधु गुरुङ (रत्ना), राज कुमार बस्नेत र मोरङ जिल्ला कमिटी सचिवालय सदस्य गिता सिवाले सयुक्त रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
मोरङ-३ मा नेकपा एमाले बाट प्रतिनिधी सभाको उम्मेदवारमा भानुभक्त ढकाल, प्रदेश १ (क) बाट प्रतक्ष्य तर्फ पथरीशनिश्चरेका पुर्व मेयर दिलिप कुमार राई र प्रदेश १ (ख) बाट बेलबारी नगरपालिकाका पुर्व मेयर ज्ञानेन्द्र सुवेदीले उम्मेदवारी दिएका छन् ।
विज्ञप्तीमा भनिएको छ-‘आदरिणय मित्रहरु हामी नेकपा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीमा रहि आएकोमा बर्तमान समयमा पार्टीले आम कार्यकर्ताको भावना चाहाना विपरीत गतिवीधि गरेको महशुस गरी हामीले उक्त पार्टी बाट अलगरहरी उक्त पार्टी परित्याग परित्याग गर्दछौँ। साथै अगाडी भनिएको छ हामी जस्तै गरी अपमानित भै उक्त पार्टीमा रहनु हुने मित्रहरुलाई समेत पार्टी परित्याग गर्न अनुरोध गर्दछौँ ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : २०:४६:२७ , २ वर्ष अगाडि