मोरङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना

ईनेपालपत्र , ९५९  पटक हेरिएको

उर्लाबारी, २० असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उर्लाबारीमा मोरङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उर्लाबारी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, निर्वाचन अधिकृत गोपाल थापा, नेपाली काँग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल , सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र नं. १ र प्रदेशसभाको क्षेत्र नं. १ (१) र १ (२) को निर्वाचनको सम्पूर्ण काम यही कार्यालयबाट सम्पन्न हुने निर्वाचन अधिकृत गोपाल थापाले जानकारी दिए । जसका लागि निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत थापासहित ८ जना कर्मचारी खटिएका छन् । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्ष निर्वाचनको उम्मेदवारी दर्ताको समय तोकेको छ ।

 

प्रकाशित मिति: २०२२-१०-०६ , समय : १९:२३:४९ , २ वर्ष अगाडि