४० बर्ष देखि निरन्तर जनताका सारथी डिगबहादुर लिम्बु

ईनेपालपत्र , २०६९  पटक हेरिएको

Congress leader : Dig Bahadur Limbu

मोरङ, २९ भदौ । मोरङमा लामो समय देखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका कांग्रेस नेता डिगबहादुर लिम्बु मोरङमा परिचित नाम हो । सरल, सफल, इमानदार, विश्वासी, जनताको दुःखसुखमा साथै रहने र जनताको काम रमाउने थोरै नेतामध्ये एक हुन् लिम्बु । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई सरल र सफल तरिकाले प्रस्तुत गर्ने लिम्बुको एउटा लोभलाग्दो विशेषता हो । प्रजातान्त्रको रक्षा गर्दै जनताको सेवामा निरन्तर ३५ बर्ष देखि कृयाशिल नाम हो डिगबहादुर लिम्बू ।

संविधान सभाको सदस्य हुँदा लिम्बुले खेलेको भूमिका आज चुनाव जित्ने उनको ठुलो कडि साबित भएको छ ।
कांग्रेसका मोरङ जिल्ला सभापति रहेका लिम्बुलाई बर्तमान प्रदेश नं. १ का सहामन्त्री खड्ग फागो लगायत क्षेत्र नं. १ का सम्पुर्ण नेताहरुको दर्बिलो साथ र समर्थन निरन्तर छ ।

उनी जस्ता देश र जनताका लागि केही गरौ भन्ने नेतालाई मोरङ क्षेत्र नम्बर १ का जनता अहिले कम्मर कसेर आगामी मंसिर ४ गते हुन लागेको चुनावमा जिताउन लागेका छन् ।

उनी मोरङका मात्रै होइनन् पूर्वकै स्थापित नेता हुन् । मोरङको कर्णाली मानिने तत्कालीन सिंहदेबी हालको केराबारी गाउँपालिकामा जन्मेर लेटाङ ६ गुवाबारीमा स्थायी बसोबास गरिरहेका नेता लिम्बुले सामान्य परिवार बाट प्रतिनिधित्व गर्छन ।
मोरङ १ बिकट पहाडी क्षेत्र हो । हाल सम्म यहाँ यातायातको सहज पहुँच पुग्न सकेको छैन । बिकसित क्षेत्र बनाउन लिम्बुल्व उल्लेखनीय भुमिका निर्वाह गर्न सक्छन भन्ने जनता बिश्वस्त छन । यी सबै विषयहरुलाई मध्यनजर गर्दा पूर्वकै सम्भावना बोकेका नेताको युवा नेता डिगबहादुर लिम्बु हुन् भन्न कुनै समस्या छैन । उनको क्षेत्रका बासिन्दाहरु यस विषयमा प्रष्ट छन। हिजो स्थानीय तहको निर्वाचनमा कसैले काँग्रेस र एमालेमा मत हालेपनि संघीय निर्वाचनमा लिम्बुको विकल्प खोज्ने पक्षमा छैनन् स्थानीयबासी । त्यसैले उनीहरुले संघीय निर्वाचनमा लिम्बुको उम्मेदवारी रहने भन्दै लिम्बुको पक्षमा क्याम्पेन सुरु गरिसकेका छन् ।

आज मोरङका सबैलाई अप्ठ्यारो पर्दा लिम्बुलाई सबै काँग्रेस, एमाले ,माओबादी पार्टीका नेताले पनि खोज्ने गर्छन् किनकी उनको छुट्टै एउटा क्षमता छ । सोही क्षमताले गर्दा जस्तोसुकै काम पनि उनी सरल र सहज तरिकाले गर्न सक्छन् । एउटा समन्वयकारी नेताका रुपमा उनी स्थापित भए ।

मोरङले यसपटक उनलाई जिताएर उनको विकासका लागि उनको भूमिकालाई सदुपयोग गर्नुपर्छ । उनी दयालु, मायालु र कोमल हृदय भएका हुनाले चाँडैनै अरुलाई विश्वास गर्दै सहयोग पनि गर्छन् र उनीबाट धेरैले सहयोग पनि लिएका छन् । अन्य दलका राजनीतिक व्यक्ति र समुदायले उनलाई विश्वास पनि गर्दछन् । त्यसले पनि मोरङको राजनीतिमा लिम्बुको भूमिका आवश्यक ठानेको ठहर्छ । त्यसैले जनताको तर्फबाट उनलाई फेरि एकपटक काम गर्ने अवसर दिनुपर्छ र विकासको ढोका खुल्लै राख्नुपर्छ ।

प्रकाशित मिति: २०२२-०९-१३ , समय : २२:५४:१५ , २ वर्ष अगाडि