फिजियो थेरापी केन्द्रको उद्घाटन , सहयोगि सामग्री वितरण

ईनेपालपत्र , ६३१  पटक हेरिएको

मधुमल्ला, २४ भदौ । मोरङको मिक्लाजुङ गाउँपालिकमा आधारभुत फिजियो थेरापी केन्द्रको उद्घाटन गरीएको छ । शुक्रबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यमा आरोग्य आधारभुत फिजियो थेरापी केन्द्रको उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका द्धारा सञ्चालीत आपाङ्गता रोकथाम तथा पुर्न स्थापना कार्यक्रम अन्र्तगत सञ्चालनमा आएको आरोग्य आधारभुत फिजीयो थेरापी केन्द्रले यस क्षेत्रका बिरामीहरुलाई उपचारमा थप सहायता पुग्ने बिश्वास व्यक्त गर्नु भयो । साथै यस बाट धेरै नागरीकहरुलाई सेवा पु¥र्याउन समेत फिजियो थरापी केन्द्र उपययोगी हुने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सेमन्तराज दाहालले थेरापी केन्द्र मिक्लाजुङका लागि आवस्यक भएको र थेरापी सेवाले मिक्लाजुङ बासीका लागि थप फाइदा पुग्ने बताउनु भयो । थेरापी केन्द्र उद्घाटन संगै अपाङ्गता भएका ९ वटै वडाका व्यक्तीहरुका लागि सहायता सामग्री पनि वितरण गरिएको थियो । सहायता सामग्रीहरुमा श्रवण यन्त्र १० जना, चस्माा ६ जना, एग्जिलरी क्रचेस ४ जना, एयर मेटर १ जना, इल्बो क्रेचर १ जना, वाकर १ जना, ह्वील चेयर १६ जना , ट्वाइलेट चियर ३ जना र एल स्टिक ४ जनालाई गरी करिब चार लाख मुल्य बराबरको सहायता सामग्री वितरण गरिएको आपाङ्गता रोकथाम तथा पुर्न स्थापना कार्यक्रमका संयोजक नारायण श्रेष्ठले बताउनु भयो । कार्यक्रममा सहायता सामग्री वितरण वडाध्यक्षहरु पर्वत राई , सन्तोष मगर, बिशाल राई, खडि मगर, शुशिलराज चौहान, सेमन्तराज दाहाल, लेखा अधिकृत शुशिल बास्तोला, प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद पौडेल र मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले वितरण गर्नु भएको थियो ।
अपाङ्गता भएएका व्यक्तीहरु साहायता सामग्र पाउँदा हर्शित देखेन्थिे ।

प्रकाशित मिति: २०२२-०९-०९ , समय : १८:५२:३२ , ३ वर्ष अगाडि