ईनेपालपत्र , ५५७ पटक हेरिएको
मधुमल्ला २२ भदौ । खोटाङ जिल्ला मझुवागडी नगरपालीका वडा नं. ७ निवासी ७० बर्षीय लिला बहादुर राई (लिले जेठा) भनेर चिनीने जेष्ठ नागरीक परिवार बाट बिछोडीएको करिब १९ बर्ष पछी परिवार संग पुर्नमिलन भएको छ ।
बि.स. २०६० साल देखी परिवार संग सम्पर्क बिहिन भएका राई बिगत लामो समय देखी मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. २ निवासी छबीलाल लिम्बुको सरणमा बस्दै आएका थिए । छबीलाले लिलबहादुरलाई १९ बर्ष अघि धनकुटामा भेटाई आफ्नै घर मिक्लाजुङ २ साखरेमा ल्याएर आफु संगै राख्नु भएको थियो । यस कुराको बारेमा केही समय अधी मिक्लाजुङ गाउँपालिका वडा नं. २ निवासी छबीलाल लिम्बुको बुहारी सुनीता मिभकले संचारमाध्यमलाई जनाकारी गराउनु भएको थियो ।
समाचार बाहिर आएप पछी लिला बहादुर राईको भतीज सम्पर्क आई घर लिएर जानु भएको छ ।
प्रकाशित मिति: २०२२-०९-०७ , समय : ०६:३७:१० , ३ वर्ष अगाडि