शुनिल शर्माको माहौल बढ्यो , ढकाललाई आफ्नै कार्यकर्ताद्वारा प्रश्नै प्रश्न

ईनेपालपत्र , २३२३  पटक हेरिएको

बिराटनगर २० भदौ । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट र शुनिल शर्मा र भानुभक्त ढकाल विच प्रतिस्पर्दा हुने भएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली काग्रेंसका शर्मा र एमालेका ढकाल विच कडा प्रतिस्पर्धा भएको थियो ।

पुर्ब मन्त्रि तथा सांसद भानुभक्त ढकाल नेकपा एमालेबाट सर्वसमत चयन भएका हुन भने शर्मा नेपाली काग्रेंसबाट सर्वसमत चयन भएका हुन ।

नेपाली काग्रेंसलेको भदौ १४ गते बसेको बैठकले शर्मालाई र नेकपा एमालेको भदौ १९ गते बसेको बैठकले ढकाललाई सर्वसमत उमेद्वार चयन गरेको छ ।
गएको निर्वाचनमा २० हजार मतअन्तर रहेको काग्रेंसले १९ सय ७ मतले चुनाव हारेको थियो । ९१ हजार ६ सय ६ मत खसेकोमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए । मोरङ क्षेत्र नं. ३ मा शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए ।
गत निर्वाचनमा ढकाल गठबन्धन (माओबादी र नेकपा एमाले) का साझा उमेद्वार हुनुहुन्थ्यो । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शर्मा गठबन्धन (काग्रेंस, माओबादी र समाजबादी ) का उमेद्वार हुनुहुन्छ ।
सोहि क्षेत्रबामा राप्रपाबाट रेखा थापाले प्रतिनिधिसभाकी उमेद्वार घोषण गर्नु भएको छ ।
निर्वाचन पछि शर्मा आफ्ना कार्यकर्ता सहित क्षेत्र भरिका जनताका घरघर पुगेर स्वास्थ उपचार गराउदै जनता सामु पुग्नुभयो भने ढकाल स्वास्थ मन्त्रि हुदा औषधी खरिदमा काण्डमा मुछिनुभयो । ढकालले चुनवताका सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेको पनि जिउ को को तिउ छ तर शर्माले क्षेत्र नं. ३ का जनताका लगि चोक चोकमा निशुल्क एम्बुलेन्स संचालन गर्नुभयो ।

३ वटा मन्त्रालय समालेर समेत जनताको काम नगरेको भनी जनता निरास छन । ढकालबाट निरास भएका क्षेत्र नं. ३ का जनता यतिबेला शर्माको गुनगान गाउन थालेका छन । भन्छन “अब पनि शुनिल शर्मालाई हराए क्षेत्र नं. ३ का जनताले कहिल्यै निशुल्क स्वास्थ उपचार गर्न पाउने छैन्न ।”
ढकाललाई एमालेकै कार्यकर्ताले सांसद बनाएर पठाएपछी किन बिकास नगरेको ? सुकुम्बासी समस्या किन समाधान नगरेको भन्दै प्रश्न तेर्साईरहेका छन ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : ११:४७:४८ , २ वर्ष अगाडि