शंकर राई प्रदेश सांसद उठ्ने

ईनेपालपत्र , ६९८  पटक हेरिएको

लेटाङ, २० भदौ । मोरङको लेटाङमा जन्मेका शंकर राईले नेविसंघमा आवद्ध भएर विद्यार्थी राजनीति शुरुवात गर्नुभएको हो । लेटाङको शान्ति भगवती मा.बि.मा अध्ययनरत रहदा नेविसंघमा रहेर काम गर्नुभएका राई बिधार्थीकाल पछि तरुणदलको नेता बनेर काम गर्नुभयो ।

२०४४  सालमा कांग्रेसको सदस्य बन्नुभएका राई २०४६ सालको जनआन्दोलनमा सक्रियताका साथ भाग लिनु भएको थियो । उहाँलाई पंचायती सरकारले निगरानीमा समेत राखेको थियो ।
फुटबलका उत्कृष्ट खेलाडिका रुपमा समेत् चर्चा कमाउनुभएका राईले भारतमा समेत फुटबल खेलेर चर्चा कमाउनुभयो ।

२०७० को निर्वाचनमा निर्वाचित तत्कालीन सांसद तथा कांग्रेस नेता डिगबहादुर लिम्बुको प्रतिनिधिका रुपमा काम गर्दा जनपेक्षाकृत कार्य गरेर चर्चा कमाउनुभएको थियो । बिकासका कार्यमा दुई कदम अगाडि उभिन सफल राई कांग्रेसको वडा देखि जिल्ला हुँदै महासमिती सदस्य समेत बाएर काम गर्ने अवशर पाउनुभयो । अहिले कांग्रेसको मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका रूपमा लोकप्रिय काम गरिरहनु भएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा लेटाङको मेयर पदमा निर्वाचित हुनु भएको राईले देश देखि बिदेश सम्म चर्चा कमाउने कार्यक्रम “मेरो सुबिधा कटाईदेउ , फुसको छानो हटाईदेउ” भन्ने नाराका साथ बिपन्न परिवारको फुसको छानो हटाएर जस्तापाता लगाईदिनुभयो । नगरमा बिकासको मुहान फुटाउन सफल राईले अस्पताल , सडक , शिक्षा , कृषि लगायतका क्षेत्रमा उल्लेखनिय कार्य गर्नुभयो ।
मंसिर ४ गते हुने प्रदेश निर्वाचन काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नं. १ ख बाट प्रदेश सांसदमा उम्मेद्बार बन्न लागेको बताउनुहुन्छ। मेयर भएर लेटाङलाई बिकासको बाटोमा डोर्‍याउन सफल राईले प्रदेशलाई समृद्दी तर्फ लैजानका लागि आफू सांसद हुन अपरिहार्य रहेको बताउनुहुन्छ ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : ०६:२०:०२ , २ वर्ष अगाडि