नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघ गठन

ईनेपालपत्र , २२५  पटक हेरिएको

मधुमल्ला ,१५ भदौ।  नेकपा एमाले मिक्लाजुङले मोरङको मिक्लाजुङ गाउँपालिकामा पायल राईको अध्यक्षतामा ५१ सदस्यीय नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महाँसंघ गाउँकमीटि गठन भएको छ ।बुधबार नेकपा एमाले मिक्लाजुङ पार्टी कार्यालयमा भएको गाउँ कमिटि स्तरीय भेलाले नयाँ कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्ष, रेनुका लिम्बु, पदम बहादुर राई, सचिब, याम बहादुर मगर, उपसचिव मञ्जु राई, राजेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा थाम बहादुर राई र सदस्य गरी ५१ सदस्यी गाउँकमिटि गठन भएको नेकपा एमाले मिक्लाजुङ गाउँकमिटि सचिब नविन कार्कीले बताए ।
नव गठित समितिका पदाधीकारीहरुलाई पद तथा गोपनियताको सपथ नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महांसंघ माेरङका अध्यक्ष प्रवास खवासले गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले मोरङ जिल्ला सचिब रुपेश खतिवडाले नव गठीत समितिका पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिदै नजिकीदै गरेको संघ तथा प्रदेशकाे चुनाबमा जिम्मेवार भएर लागि पर्न खतिवडाले नेता तथा कार्यकर्ताहरुलाई अपील गरेका गरे। परमादेश बाट गठीत सरकारले यो देशलाई बिकास समृद्धी तर्फ अगाडी बढाउन नसक्ने जिकीर गर्दै खतिवडाले अब मंशिरमा हुने संघ तथा प्रदेसकाे चुनाब बाट नेकपा एमाले देशकै ठुलो र पहिलो शक्ती हुने दाबी गरे । मंसिर पछी अब पुन देशमा सरकारकाे नेतृत्व नेकपा एमालेले सम्हालने र त्यसको नेतृत्व केपी ओलीले गर्ने निस्चित रहेको खतिवडाले दाबि गरे।
कार्यक्रममा नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महांसंघ मोरङ अध्यक्ष प्रवास खवास, सचिब दावा लामा, नेकपा एमाले मोरङ जिल्ला सचिबालय सदस्य नरेन्द्र प्रसाद ढुङ्गेल, जिल्ला सदस्य सरला राई र नेकपा एमाले मिक्लाजुङ गाउँकमिटि अध्यक्ष बुद्धीमान लिम्बुले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महांसंघ मिक्लाजुङ इन्चार्ज टेक बहादुर राईको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : २१:१२:५२ , २ वर्ष अगाडि